ताजा खबर
सूचना तथा समाचार
-
सरकारी सेवा लिएर बरौला आयो जिल्ला प्रशासनको टोली,सयौ नागरिकलाई सुविधा।
,
ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा दुई दिने एकिकृत घुम्ति शिविर सञ्चालन भएको छ । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा घुम्ति शिविर सञ्चालन गरिएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिए । अहिले नेपालमा संघिय शासन प्रणाली लागु भैसकेकाले विभिन्न तहका सरकारहरुले आ –आफनो कार्यक्षेत्र भित्र रहेर कार्यहरु गर्दै आएका छन । स्थानिय स्तरमा रहेको स्थानिय सरकारबाट अहिले धेरै सेवाहरु उपलब्ध भएका छन् । तर केहि सेवाहरु लिन जिल्ला सदुमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । उनले भने,–‘जिल्ला सदरमुकाम बाट प्रदान गर्ने सेवालाई स्थानिय स्तरसम्म पु¥याउन बरौलामा शिविर सञ्चालनमा ल्याएका हौँ ।’ स्थानिय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिकामा शिविर सञ्चालन गरिसकेको उनले जानकारी दिए । उनले भने,–‘यस आर्थिक वर्षको तेश्रो शिविर ऐरावतीको बरौलामा गरिएको हो । ’ २ दिन सम्म चल्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम , जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिए । त्यस्तै ऐरावती गाउँपालिकाबाट अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य शिविर, पशुसँग सम्बन्धित सेवाहरु , कृषिसँग सम्बन्धित सेवाहरु दिईने गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । दुर्गमका क्षेत्रहरुका जनतालाई सेवा लिन अफ्ठेरो हुने महशुस गरेर गाउँपालिकाको केन्द्रमा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । उनले भने,–‘जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर गरिएको हो । ’ २ दिन सम्म चल्ने शिविरले यहाँका धेरैले सेवा पाउने अपेक्षा गरेको उनले सुनाए । गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाका अनेत्र दुर्गम क्षेत्रमा समेत शिविर सञ्चालन गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।
घुम्ति शिविरमा सेवा लिनेको घुईचो
जिल्ला प्रशासनको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा चलेको शिविरमा स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको छ । गाउँपालिकाका ६ वटै वडाबाट सेवाग्राही आएका छन् । ऐरावती गाउँपालिका वडा नंम्बर २ लामिदमारका १८ वर्षिय टिकाराम गाहले भने,–‘५ घण्टा पैदल हिडेर नागरिकता बनाउन आए ।’ घर बरौला भन्दा धेरै टाढा छ । उनले भने,–‘सदरमुकाम भन्दा नजीक पर्ने भएपछि नागरिगता बनाउन यहाँ आएको हु । ’ उनले खुसी हुदै भने,–‘सहज रुपमा नागरिकता बन्छ भन्ने सुनेर विहान ४ बजे उठेर आएको हुँ । ’ उनले नागरिकता सहज रुपमा पाएको सुनाए ।
-
एकिकृत घुम्ती शिविर समपन्न ।
जिल्ला सदरमुकाममा रहेका कार्यालयबाट प्रदान हुने सेवालाई नागरिकको घरदैलोसम्म पुर्याई सहज ढंगबाट एकै थलोबाट धेरै सेवाहरु एकीकृत रुपमा उपलब्ध गराई गाउँघरमै सरकार पुगेको अनुभूति गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको आयोजना तथा ऐरावती गाउँपालिकाको सहआयोजनामा मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा देहायको कार्यालयबाट देहाय बमोजिमका सेवाहरु प्रदान गरिएको छ:
- जिल्ला प्रशासन कार्यालयबाट ३२९ नयाँ नागरिकता वितरण
- जिल्ला निर्वाचन कार्यालयबाट ३७८ जनाको मतदाता नामावलीमा नाम दर्ता
- जिल्ला प्रहरी कार्यालयबाट शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी चेतनामूलक भिडियो मार्फत करिब २०० जनालाई सचेतना प्रदान
- घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयबाट १० परामर्श सेवा, २ बाणिज्य फर्म दर्ता, २ उद्योग दर्ता
- गाउँपालिकाको तर्फबाट
- ३३ वटा अपाङ्ग परिचय पत्र वितरण
- २३ वटा जेष्ठ नागरिक परिचयपत्र वितरण
- स्वास्थ्य परीक्षण र स्वास्थ्यसम्बन्धी परामर्श सेवा ५५० जना
- कृषिसम्बन्धी सेवा र बिउविजन वितरण ८०० जना
- पशुसम्बन्धी सेवा र पशुका लागि औषधि वितरण ४६४ जना
-
ऐरावती गाउँ कार्यपालिकाको कार्यालयको दरबन्दी तेरिज ।
-
सडक पुग्दा गाउँमा खुसियाली ।
गाउँ घरमै सड्क पुगेपछि स्थानियहरु खुसी भएका छन् । जिल्लाको ऐरावती गाउँपालिका–३ कोलवाङमा सड्क पुगेपछि स्थानियहरु नाचेरै खुसीयाली मनाएका छन् । सड्कको शुक्रवार गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, उपाध्यक्ष बुद्ध बहादुर बस्नेत, वडा अध्यक्ष भुपेन्द्र आले , स्वर्गद्धारी यातायात समितिका महासचिव चन्द्रमान श्रेष्ठ लगाएतको उपस्थितीमा उद्घाटन गरिएको छ ।
सड्क पुगेपछि यस क्षेत्रका खस्रे, गौडे, थाडदमार, ओखारी, साजबास लगाएतका स्थानियलाई यातायातमा सहज भएको वडा अध्यक्ष भुप बहादुर आलेले बताए । उनले भने,–‘ सड्क नपुग्दा यस क्षेत्रका स्थानियलाई हिड्नुपर्ने बाध्यता थियो । ’ मटिखन्नी–साजबास–कोलबाङ– ओखारी सड्क उपभोक्ता समितिका अध्यक्ष सिमा गाहाले स्थानियलाई सड्क नहुँदा जाबुनेबाट पैदल हिड्नुपर्ने बाध्यता भएको बताईन् । पहिले सड्क नहुँदा यो क्षेत्रका स्थानियलाई २ देखि ४ घण्टा हिड्नुपर्ने बाध्यता थियो । उनले खुसि हुदै भनिन,–‘सड्क पुगेपछि स्थानियमा खुसीयाली छाएको छ ।’
निमार्ण भएको सड्कको उद्घाटन गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले गरेका थिए । उनले सड्क उद्घाटन गर्दै गाउँपालिकाले स्थानियको समस्या समाधानका लागि सड्क निमार्ण गरेको बताए । उनले भने,–‘सड्क निमार्ण पश्चात स्थानियलाई सहजता ल्याउने विश्वास गरेको छु । ’ उनले यस सड्कलाई सरुमारानी गाउँपालिकासंग समन्वय गरि दर्भान सम्म जोड्ने बताए ।त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले आफु निर्वाचित भईसकेपछि विकास निमार्णको सवालमा आफ्नो मुख्य ध्यान भनेको गाउँपालिकाको केन्द्र देखि टाढा रहेका दुर्गम बस्तीहरुमा पुगेको बताए । यहाँका सामाजिक सरोकारका विषयबस्तुहरु जस्तै ः शिक्षा, स्वास्थ्य, कृषि जस्ता अति संवेदनशिल क्षेत्रहरुमा आफुले नजिकबाट अध्ययन गरिरहेको बताए । उनले भने,– सोहि अनुसार गाउँपालिकाले विकास बजेट विनियोजन गरेको छ ।’ यस क्षेत्रका ठुला समस्यालाई समाधान गर्न प्रदेश र संघ सरकारसंग समन्वय गरेर अगाडी वढने उनले बताए । साथै अहिले नेपालको संविधान जनताको अधिकारको लागि विश्वमै उत्कृष्ट संविधानको रुपमा स्थापित भएको छ । उपाध्यक्ष बस्नेतले भने,–‘जनताको जीवनस्तरमा आवश्यक पर्ने सबै विषयबस्तुहरु मौलीक हकको रुपमा स्पष्ट लेखिएको छ ।’ उनले स्थानिय जनसमुदायलाई आफ्नो जीवन यापन बदल्नलाई अगाडी वढनुहोस सरकार तपाईहरुकै साथमा छ भन्दै स्थानियलाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।
पौने करोड लागतमा सड्क
कोलवाङमा पौने करोडको लागतमा सड्क खनिएको छ । गरिबि निवारण कोषको २७ लाख, ऐरावती गाउँपालिकाको २४ लाख र स्थानिय जनश्रमदान ६ लाख २५ हजार रुपियाँ लागतमा सड्क खनिएको वडा सचिव लिलामणी विश्वकर्माले बताए । ६ किलोमिटर सड्क खनिएको उनले बताए । उनले भने,–‘सड्क निमार्णले एक सय ५० घरधुरीका जनता लाभान्वित भएका छन् । ’जनप्रतिनिधिलाई स्थानियले सोरठी नाँचले गरे स्वागत :
यस क्षेत्रका स्थानियले कोलवाङ सम्म सड्क पुगेपछि जनप्रतिनिधिलाई सोरठी नाँचले स्वागत गरेका छन् । उनिहरुले खुसीयालीमा जनप्रतिनिधिलाई अबिर, माला लगाईदिएर स्वागत गरेका थिए । जनप्रतिनिधि गाँउमा आउँदा खुसि लाग्यो । स्थानिय धन बहादुर थापाले भने,–‘ सड्क निमार्णपछि गाडी आउने भएपछि खुसी छौँ ।’नियमित जिप चल्ने :
सड्क निमार्ण सम्पन्न भएसंग यस क्षेत्रमा नियमित जिप चल्ने भएको छ । सड्क उद्घाटन गर्न जिप लगेर कोलवाङमा पुगेका स्वर्गद्धारी यातायात व्यवसायी समितिका महासचिव चन्द्रमान श्रेष्ठले कोलवाङ–विजुवार नियमित १ जिप चलाउने प्रतिवद्धता व्यक्त गरे ।अन्य क्षेत्रमा पनि सड्क लगिदिन स्थानियको माग :
कोलवाङ संगै वडा नंम्बर ३ का खस्रे, गौडे, थाडदमार, ओखारी, साजबास लगाएत क्षेत्रका स्थानियले आफ्नो गाउँमा पनि सड्क पु¥याईदिन आग्रह गरेका छन् । स्थानिय धन बहादुर थापाले भने,–‘कोलवाङ सम्म सड्क भएर पुग्दैन अझै यी दुर्गम बस्तीमा सड्क पु¥याउन पहल होस।’
गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जनताको समस्या समाधान गर्न गाउँपालिकाको सहयोग सधै रहने बताए । -
यहि मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा एकीकृत घुम्ति शिविर सञ्चालन हुने सम्वन्धमा ।
यहि मिति २०७५ पौष २७ र २८ गते ऐरावती गाउँपालिकाको बरौलामा जिल्ला प्रशासन कार्यालयको संयोजन तथा ऐरावती गाउँपालिकाको सहयोग एवं समन्वयमा एकीकृत घुम्ति शिविर सञ्चालन हुने र उक्त घुम्ति शिविरमा देहायका सेवाहरु प्रवाह हुने हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ:
१. जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण
२. जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना
३. जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता
४. घरेलु तथा साना उद्याेग कार्यालयबाट उद्याेग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान
५. गाउँपालिकाको तर्फबाट
(क) अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण
(ख) स्वास्थ्य शिविर
(ग) पशुसँग सम्बन्धित सेवाहरु
(घ) कृषिसँग सम्बन्धित सेवाहरु -
4WD Double Cab Pickup खरिद सम्बन्धी सिलबन्दी बोलपत्र आव्हानको सुचना ।
-
पशु सेवा शाखाको अनुदान सम्बन्धी फारम।
-
वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड सचिवालयको सुचना ।।
-
पशु सेवा शाखाको मासु पसल सुधारको अनुदान सम्बन्धी सुचना ।
-
पशु सेवा शाखाको व्यवसायिक फार्म प्रर्वधन सम्बन्धी सुचना ।