FAQs Complain Problems

सूचना तथा समाचार

  • सुचना----सवारी साधन दर्ता र नविकरण सम्बन्धमा ।

  • कोल्वाङ्गमा खुल्यो स्वास्थ्य ईकाइ,स्थानिय खुसी

    प्युठान,२ मंसिर
    ऐरावती गाउँपालिका –३ कोलबाङ्गमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएको छ । गाउँपालिकाले स्थानिय स्तरमै स्वास्थ्य सेवा प्राप्त गर्ने उदेश्यले स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको हो । स्वास्थ्य इकाई भवनको शनिवार गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले उद्घाटन गरेका छन् । गाउँपालिकाको ८ लाख र स्थानिय जनसमुदाय श्रमदानबाट ३ लाख गरि रु ११ लाख लागतमा निमार्ण भएको भवनको उद्घाटन गरिएको हो । गत असोज ४ गतेबाट सेवा विस्तार गरिएको र एक सय ५० जनाले सेवा प्रााप्त गरिसकेका छन् ।
    भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाको पिछडिएको र विकट बस्तीका जनतालाई घरआगनमै स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य इकाईको सञ्चालन गरिएको बताए । उनले भने,‘स्वास्थ्य सेवा प्रदान गर्न सेवा विस्तार गरेका हौँ । ’ त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले भौतिक निमार्ण मात्र ठुलो कुरा नभई सेवा ठुलो भएकाले जनतालाई खुसी साथ सेवा बिस्तार गर्न आग्रह गरे ।
    १२५ घरधुरी लावान्वित
    सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएपछि साविक पकला गाविसको वडा नंम्बर ७ स्थित कोलबाङ्ग, साज्बास, गौडे, ओखारी लगाएत स्थानका एक सय २५ घरधुरी लावाम्भीत भएका छन् । स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हटेकोमा यहाँका स्थानिय खुसी छन् । स्थानिय उपभोक्ता समितिका अध्यक्ष देवीराम गाहँले पहिले स्वास्थ्य सेवा लिन ३ घण्टा हिडेर जाबुने, वड्डाडा जानुपथ्र्यो । उनले भने,– ‘विकट ठाउँमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरि घर आगनमै स्वास्थ्य सेबा दिएकोमा खुसी छु ।’ उनी भन्छन अब यहाँका स्थानिय स्वास्थ्य सेवा नपाएर ज्यान गुमाउने छैनन् ।
    पालिका भित्र तीन स्वास्थ्य इकाई सञ्चालन
    गाउँपालिका भित्र स्वास्थ्य सेवा प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हटाउन र घर आगनमै स्वास्थ्य सेवा प्रदान गर्नका लागि यस आर्थिक वर्षमा तीन वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याईएको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । वडा नं १ दाङबाङ स्थित माझीदमार, वडा नं २ स्थित माझकमिरे र वडा नंम्बर ३ स्थित कोलबाङ्गमा सेवा सञ्चालन गरिएको उनले बताए । सामुदायिक स्वास्थ्य इकाईबाट हाँल सामान्य उपचार सेवा, परिवार नियोजन सेवा, गर्भवती तथा सुत्केरी खोप सेवा, कुष्ठरोग उपचार तथा परामर्श सहितका स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी गराए ।

  • आ.व.०७४/७५ को स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरीय बार्षिक प्रगती समीक्षा गोष्ठी !

    आर्थिक वर्ष ०७४÷०७५ सालको स्वास्थ्य तर्फको ऐरावती गाउँपालिका स्तरिय वार्षिक समिक्षा गोष्ठी ऐरावती गाउँपालिकाको बरौलामा सञ्चालन भएको छ ।
    गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा गोष्ठीको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा उपाध्यक्ष बस्नेतले गाउँपालिकाले स्वास्थ्य क्षेत्रसंग जोडियर काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य क्षेत्र संग हामी सधै सहकार्य गर्दै अगाडी वढनेछौँ । ’ आफु जनप्रतिनिधि भएर आउँदा कमजोर अवस्थामा रहको स्वास्थ्य क्षेत्र हाँल सुधार हुदै आएको बताउनुभयो ।
    गाउँपालिका भित्र ६ वटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य सेवा, ३० ठाउँमा खोप क्लनीक, २० ठाउँमा गाउँ घर क्लनीक, ४८ जना महिला स्वास्थ्य स्वयंम सेवीका रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य सेवाको पहुँचमा नरहेकालाई पहुँचमा पु¥याउनका लागि ३ वटा सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गरिएको उहाँले बताउनुभयो । गाउँपालिका भित्र पर्ने वडा नंम्बर १ को दाङवाङ माछी दमार, वडा नंम्बर २ को माझकमिरे र ३ नंम्बर वडाको कोलबाङ गरि ३ स्थानमा सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गरिएको छ । ३ मध्ये वडा नंम्बर २ को माझकमिरे स्वास्थ्य संस्था सञ्चालन गर्न नसकिएको उहँले बताउनुभयो । उहाँले भन्नुभयो,‘कर्मचारी व्यवस्थापन गर्न बाकी छ । ’
    शुक्रबार र शनिबार गरि २ दिन सम्म चल्ने गोष्ठीमा गत वर्ष ०७२÷७३, ०७३÷७४ को आधारमा ०७४÷०७५ को स्वास्थ्य तर्फको महत्वपूर्ण कार्यक्रमको प्रस्तुत गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बालस्वास्थ्य कार्यक्रम, खोप कार्यक्रम, पोषण कार्यक्रम, नियोजन कार्यक्रम ,आमा सुरक्षा कार्यक्रम लगाएत स्वास्थ्यका सेवाका विभिन्न सूचकमाथि छलफल संगै प्रस्तुतीकरण गरिने बताउनुभयो ।
    गाउँपालिकाका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको अध्यक्षतामा भएको गोष्ठीमा वडा अध्यक्ष, गाउँपालिका प्रवक्ता, ६ वटा स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य सहसंयोजक लगाएतको उपस्थिती रहेको छ ।

  • लेखापरिक्षकहरुको सुची दर्ता गर्ने बारेको सुचना ।

  • सामाजिक सुरक्षा ऐन, २०७५

  • सुचना सुचना सुचना

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट तयार गरिएको कार्यक्रम संचालन निर्देशिका ।

  • प्यूठान जिल्लामा मदिरा बेचबिखन, ओसार-पसार र सेवनलाई ब्यबस्थित गर्ने आचारसंहिता, 2075

  • ऐरावती गाउँपालिका वार्ड न ३ जाबुनेमा कार्यालय सहयोगीको आवश्यकता ।

  • वार्ड १ को गरिब घरपरिवार पहिचान सर्वेक्षण, २०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिब घरपरिवारको विवरण ।

    गरिब घरपरिवार पहिचान सर्वेक्षण,२०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिब घरपरिवारको प्रकार सहित गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालय अनामनगर, काठमाण्डौँको सुची ।

Pages

//