FAQs Complain Problems

सूचना तथा समाचार

  • छात्रछात्राहरुलाई पोषण युक्त वाल भोजनको प्याकेट वितरण

    ऐरावती प्यूठान ।

    विपन्न विद्यार्थीहरुको पोषणमा सहयोग पुर्याउने उदेश्यले पाटेश्वरी नमुना प्राथमीक विद्यालयलका ५४ जना छात्रछात्राहरुलाई पोषण युक्त वाल भोजनको प्याकेट वितरण गरिएको छ । अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम प्रदेश न ५ का उप प्रमुख रामचन्द्र ज्ञवाली (विरु) र स्थानी शुनिल शाहीको सकृयतामा पोषण युक्त वाल भोजनको प्याकेट आज एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो । कार्यक्रममा बोल्दै ऐरावती गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले विपन्न विद्यार्थीको पोषणमा सुधार ल्याउने अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम प्रदेश न ५ ले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा ऐरावती गाउँपालिकाका सबै विद्यालयमा सहयो गर्न संस्थालाई आग्रह समेत गरे। संस्थासँग सहकार्य गरेर अघी बढ्न आफु र गाउँपालिका तयार रहेको भन्दै आगामी दिनमा सहकार्य गर्ने उल्लेख गरे। कार्यक्रममा पोषणका कार्यक्रमलाई नियमति सहयोग गर्न आग्रह गर्दै विद्यालयका प्रध्यानध्यापक दामोदर शर्माले विद्यालयको तर्फबाट संस्थालाई धन्याबाद दिएका थिए । विपन्न विद्यार्थीहरुको स्वास्थ्य तथा पोषणका क्षेत्रमा सहयोग गर्ने कार्यक्रम अनुसार ऐरावती गाउँपालिका वडा न ५ मा रहेको पाटेश्वरी नमुना प्राथमीक विद्यालयलका विपन्न परिवारका जना ५४ छात्रछात्राहरुलाई वितरण गरिएको शुनलि शाहीले जानकारी दिइन् । हामीले स्थानीय स्तरमा पोषण तथा सामाजिक क्षेत्रमा काम गर्ने अभिरुची रहेकोले पोषण युक्त वाल भोजनको प्याकेट वितरण गरेका जानकारी गराउँदै यसले विपन्न विद्यार्थीको पोषणमा सुधार ल्याउने आशा गरेका छौ अन्तराष्ट्रिय पशुपती अन्नपूर्ण आश्रम प्रदेश न ५ का उप प्रमुख रामचन्द्र ज्ञवाली विरुले भने ।

  • नदिजन्य पदार्थ उत्खनन, संकलन तथा घाटगद्दी नगर्ने सम्बन्धी सुचना ।

  • उपस्थिति सम्बन्धमा ।

  • कृषक/समुह छनौट भएकोले सम्झौता गर्न आउने बारे सुचना ।

  • वार्षिक कार्ययोजना पेश गर्नुहुन (सामुदायिक वन उपभोक्ता समिति ऐरावती गाउँपालिका)

  • कार्यक्रमको विवरण पेश गर्ने सम्बन्धमा (सम्बन्धीत संघ,सस्था,कार्यालय सबै )

  • सम्झौताको म्याद थप गरिएको सम्बन्धमा ।

    सम्झौताको म्याद थप गरिएको सम्बन्धमा ।
  • वोलपत्र स्वीकृत तथा सम्झौता सम्बन्धमा ।

    वोलपत्र स्वीकृत तथा सम्झौता सम्बन्धमा ।, कार्य सम्पादन जमानत रकम सच्चाईएको सम्बन्धमा ।
  • विश्व वातावरण दिवसको अवसरमा बृक्ष रोपण कार्यक्रम गर्दै गर्दाकाे केहि झलकहरु ।।।

    , ,
  • स्वीकृत भएको २१ वर्षपछि प्रहरी चौकी सञ्चालन

    ऐरावती गाउँपालिकाकै दुर्गम गाउँ दाङवाङमा स्कीकृत भएको २१ वर्षपछि प्रहरी चौकी सञ्चालन भएको छ । नेपाल सरकारबाट ०५५ सालमा स्वीकृत भएपनि यस क्षेत्रका मानिसहरुले प्रहरी चौकी राख्न अनुमती नदिएपछि सञ्चालन हुन सकेको थिएन् । बुधवार दाङवाङमा प्रहरी चौकीको उद्घाटन गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले चौकीको सयुक्त उद्घाटन गर्नुभएको हो ।

    पछिल्लो समय यस क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग माग गरेका थिए । स्थानिय सरकार सञ्चालन भएपछि यस क्षेत्रका बासिन्दाले प्रहरी चौकी चाहियो भनेर स्थानिय सरकारसंग माग गरेको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‐‘ दरबन्दी भएर पनि प्रहरी चौकी सञ्चालन नहुँदा गाउँपालिकासंग यस क्षेत्रका बासिन्दाले माग गरेका थिए । ’
    जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग पटक‐पटक चौकीको माग गरेपछि चौकी स्थापना गरिएको प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘स्थानीय जनतालाई सुरक्षा दिलाउन प्रहरी चौकी स्थापना गरेका हौँ । ’स्थानीय सरकार र सुरक्षा निकायको समन्वयमा चौकी सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
    आफु जिल्लामा आएको १० महिनाको अवधिमा प्रहरी चौकी सञ्चालन गरिएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो । प्रहरी जनताको सम्पती हुन्, उहाँले भन्नुभयो,–‘सामाजिक अपराध रोक्न प्रहरी क्रियाशिल हुन्छन् । ’ ईलाका प्रहरी कार्यालय विजुवारको मातहतमा यस क्षेत्रको चौकी रहने उहाँले बताउनुभयो । यस स्थानमा ९ जना प्रहरीको दरबन्दी रहे पनि हाँललाई एकजना असई सहित ७ जना प्रहरी पठाएको प्रहरी प्रमुख वुढाथोकीले बताउनुभयो ।

    आवश्यकता देखेर काम अगाडी वढायौँ ः प्रजिअ
    दाङवाङमा प्रहरी चौकी स्वीकृत भईसकेपनि द्धन्द्ध समयमा रोकिएकोले काम अगाडी वढाएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताउनुभयो । यस क्षेत्रमा प्रहरी चौकी आवश्यकता छ भनेर स्थानियले पहिलेदेखि माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘स्वीकृत भएर पनि रोकिएको चौकी आफ्नो कार्यकालमा स्थापना गर्ने भनि कामलाई अगाडी वढाएका हौँ , सोही अनुरुप स्थापना गर्न सफल भयौँ । ’
    नेपालकै ईतिहास फरक पहिचान भएको यो प्रहरी चौकीलाई आफ्नो कार्यकालमा सफल भएकोमा उनले खुसी समेत व्यक्त गर्नुभयो । समाज रुपान्तरणमा प्रहरीको महत्वपूर्ण भूमिका हुन्छ, उहाँले भन्नुभयोे,–‘सहि सदुपयोगका लागि स्थानियको भूमिका अपरिहार्य छ । ’ प्रहरी जनताको साथी, जे काम पनि गर्न सक्छ, उहाँले भन्नुभयो,–‘अबका दिनमा स्थानियहरुले प्रहरीप्रति सकारात्मक बुझाई पाउनेछन् । ’
    प्रहरी चौकी उद्घाटन गर्दै जिल्ला समन्वय समिति उपप्रमुख पदम थापाले शान्ति सुरक्षाको प्रत्याभूतिकालागि प्रहरी र मानिसको सम्वन्ध सकारात्मक हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले हरेक मान्छेलाई विपत्ति आईलाग्यो भने उसको मुखबाट निस्कने पहिलो शब्द भनेको भगवान हो र त्यसपछि उसले खोज्ने साहारा भनेको प्रहरी संग हो । तसर्थ प्रहरी र आम जनताको सम्बन्ध भनेको ज्यादैनै सुमधुर भन्नुपर्छ । अझै भनौ दाङवाङ जस्तो विकट क्षेत्रमा प्रहरीको युनिटको भूमिका निकै महत्वपूर्ण हुनेछ , म आफु जनप्रतिनिधिको साथसाथै न्यायीक समितिको संयोजक भएको नातालेपनि जनताबाट आउने समस्याको बारेमा एकाकार भएर अगाडी वढनुपर्ने उहाँले बताउनुभयो । समाजमा हुने अपराधिक घट्ना रोक्न, स्थानियहरुलाई सुरक्षाको अनुभूति दिलाउन प्रहरी महत्वपूर्ण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्रहरी र जनताको सम्बन्ध प्रगाढ हुनुपर्छ । ’
    स्थानीय खुसी
    प्रहरीप्रति नकारात्मक भावना र द्धन्द्धको समयले गर्दा लामो समयदेखी सञ्चालन हुन नसकेको प्रहरी चौकी सञ्चालन भएपछि यस क्षेत्रका स्थानिय खुसी भएका छन् । गाउँलेको एक मत नहुँदा प्रहरी चौकी सञ्चालन गर्न सकिएको थिएन, स्थानिय प्रेमनारायण आचार्यले भन्नुभयो, –‘अब चौकी स्थापना भयो, सुरक्षाको अनुभूति हुने छ । ’ देशले २४ वटा प्रधानमन्त्री फेर्दा समेत हामी गाउँलेले प्रहरी देख्न पाएका थिएनौ, उहाँले भन्नुभयो,–‘अबका दिनमा प्रहरी र हामी संगसंगै सहयात्रा गर्ने ऐरावती गाउँपालिका प्रेस संयोजक सागर रिजालले खबर पठाउनुभएको छ

Pages

//