ताजा खबर
व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
समयमै व्यक्तिगत घटना दर्ता गरौं, नागरिकको अधिकार सुनिश्चित गरौं भन्ने नाराका साथ आज मिति २०८२/१२/३० गतेको दिन ऐरावती गाउँपालिकाको बैठक कक्षमा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,सबै वडा सचिव तथा गाउँपालिकाका बिभिन्न शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिति २०८३/०१/१ गते देखि ०७ गते सम्म घटना दर्ता सप्ताह मनाउने कार्यक्रम रहेको छ ।
