सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ ।
प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो ।